२०८२, मंसिर २५ गते

Dec 11 2025 | २०८२, मंसिर २५ गते

राष्ट्रपति रनिङ्ग शिल्डको तयारीमा जुट्यो कोटहीमाई

मंगलवार , मंसिर १६, २०८२

  • 760
    Shares
  • 760
    Shares
  • भैरहवा, १६ मंसिर । रुपन्देहीको कोटहीमाई गाउँपलिका राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न गर्न पूर्वतयारीमा जुटेको छ ।

    प्रतियोगितामा हुने विभिन्न खेलहरुको तयारीको लागि विद्यालयमा जानकारीसहित आवश्यक खेलकुद सामाग्री समेत वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशसाकीय अधिकृत अजय मिश्रले जानकारी दिनुभयो ।प्रतियोगिता सुरु हुनुपूर्व नै विद्यार्थीहरुबीच खेलाडीहरुको छनौट, विभिन्न खेलबारे प्रशिक्षण र विषयवस्तुको जानकारी दिन समेत विद्यालयहरुको भ्रमण सुरु भएको उहाँले बताउनुभयो ।

    सोही क्रममा विद्यालयको शैक्षिक गुणस्तर सुधार्न  विद्यालयहरुको अवस्थाबारे समेत अध्ययन सुरु गरिएको मिश्राले जानकारी दिनुभयो । उहाँले भन्नुभयो-‘कोटहीमाई गाउँपालिका सभ्य, शिक्षित र सुन्दर पालिका बनाउन पालिकाबासीहरुले देखेको पुरा गर्न सबैको हातेमालो अनिवार्य  छ । शैक्षिक गुणस्तर सुधार गर्नका म लागिपरेको छु । तर, अभिभावक, जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा समाजसेवीहरु समेत लाग्न जरुरी छ ।’

    विद्यालय आउने विद्यार्थीहरुको पोशाक, शैक्षिक सामग्रीसहित व्यवस्थित रुपले पठाउन अभिभावकहरुलाई प्रशासकीय अधिकृत मिश्रले आग्रह गर्नुभएको छ ।  उहाँले भन्नुभयो-‘किताबको पाना मात्र सिध्याउनुभन्दा विद्यार्थीहरुलाई राम्ररी बुझाउने र योग्य बनाउन तर्फ लाग्नु पर्याे । जति पाठ पढाइएको हुन्छ, हामीले त्यति नै परीक्षा लिउँ । तर, बुझाएर मात्र पठानपाठन गरौं ।’

    समाजसेवी तथा अभिभावहरुलाई समेत नियमित विद्यालयको अनुगमन गरी सुधार गर्न र आवश्यक सुझावसल्लाह दिन प्रमुख प्रशासकीय अधिकृत मिश्रले आग्रह गर्नुभएको छ ।