२०८२, मंसिर १६ गते

Dec 02 2025 | २०८२, मंसिर १६ गते

बेलहिया गाउँ समाजको अध्यक्षमा सुमन शर्मा

मंगलवार , मंसिर १६, २०८२

  • 250
    Shares
  • 250
    Shares
  • भैरहवा, १६ मंसिर । बेलहिया गाउँ समाज सिद्धार्थनगर–१, बेलहिया, रुपन्देहीको ३३ औं साधारण सभा तथा ९ औं अधिवेशन सम्पन्न भएको छ । शनिबार बेलहियामा सम्पन्न साधारण सभा तथा अधिवेशनले सुमन शर्माको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    590024893_122145231716417392_7809046798624134674_n.jpg

    प्रमुख निर्वाचन अधिकृत दिलिप कुमार मल्लिकका अनुसार समाजको उपाध्यक्षमा नरेश अधिकारी, सचिवमा माधव शर्मा, कोषाध्यक्षमा राकेश गुरुङ र सह–सचिवमा लक्ष्मण सुनार निर्वाचित हुनुभएको छ ।

    त्यस्तै सदस्यमा सन्तोष कान्दु, कुमार थापा, श्याम पाठक र गंगाराम पराजुली निर्वाचित हुनुभएको छ । ‘समाजसेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मूल नाराका साथ अघि बढेको बेलहिया गाउँ समाजको स्थापना वि.सं. २०६० सालमा भएको हो ।

    समाजको ३३ औं साधारण सभा तथा ९ औं अधिवेशनको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले उद्घाटन गर्नुभएको थियो ।