२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

स्मार्ट टेलिकमका पीडितलाई भेट्दै सञ्चारमन्त्रीले भने – अन्यायमा पर्न दिन्न

शुक्रवार , मंसिर १२, २०८२

  • 157
    Shares
  • 157
    Shares
  • काठमाडौं, १२ मंसिर । स्मार्ट टेलिकम पिडितहरुले सञ्चारमन्त्री जगदीश खरेललाई भेटेका छन् ।

    आज सिंहदरबारस्थीत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गएर उनीहरुले सञ्चारमन्त्री खरेललाई भेटेर आफूहरु लामोसमयदेखि पीडित बनेको भन्दै समस्या समाधानका लागि आग्रह गरेका हुन् ।

    भेटमा स्मार्ट टेलिकमले सेवा सञ्चालनका लागि टावर राख्न घर भाडामा माग्न आएको र आफूहरुले पनि दिएको तर वर्षौं भाडा नतिर्दा टेलिकमबाट आफूहरु पीडित बनेको उनीहरुले बताए ।

    स्मार्ट टेलिकम टावर पीडित संयोजक कृष्णबहादुर थापाले टेलिकमबाट आफूहरु पिडित भएको र बसौँसम्म पनि समस्या सामाधन नभएपछि संचारमन्त्री भेट्नुपरेको बताए । 

    संयोजक थापाले भने–‘स्मार्ट टेलिकम टावर पीडित संगठित रुपमा समूह बनाएर आज सचारमन्त्रीलाई भेट्यौं । हामीले मन्त्रीलाई आफ्नो कुरा राख्यौं । मन्त्रीले हामीलाई राम्रो आश्वासन दिनुभयो ।

    समस्या समाधान हुन्छ भनेर हामी विश्वस्त छौं । हाम्रो समस्या भनेको स्मार्ट टेलिकमले सेवा सञ्चालनका लागि हामीले टावर राख्नुप¥यो भनेर घर माग्न आयो । उहाँले विभिन्न ठाउँमा सेवा विस्तार गरेका छौं भनेर डकुमेन्ट लिएर टावर राख्नका लागि घर माग्नुभयो ।

    महिनौँ पिच्छे बैंकमा तपाईंहरुको भाडा हाल्दिन्छौं र कर पनि दाखिला गर्दिन्छौं भनेपछि हामीले घर भाडामा दियौँ । उनीहरुले ठाउँठाउँमा यसरी नै घरहरु पनि लिएका थिए ।

    पछि स्मार्ट टेलिकम घाटामा जान लागेछ । उसले हामीलाई भाडा कम हाल्न थाल्यो । पछि भाडा नै हाल्न छाड्यो । भाडा हाल्न छाडेपनि उसको अफिसमा हामी जान लाग्यौं । अफिसमा गार्डमात्रै हुने कम्पनी भागिसकेको रहेछ ।

    कम्पनी भागेपछि हामी दूरसञ्चार प्राधिकरण जमल ग¥यौँ । त्यहाँ निवेदन मागियो । हामीले २–३ सय निवेदन दियौँ । व्यक्तिपिच्छे दर्ता गयौँ । समस्या समाधान भएन । हामीले टेलिकम खारेज हुनुभन्दा २ वर्षअघिको भाडा पाएका छैनौं ।

    अहिले स्मार्ट टेलिकम खारेज भएको पनि तीन वर्ष भयो । उनीहरुको टावर अहिले हाम्रो घरमै छ । बिजुलीको बिल उसले तिर्ने सम्झौता हो तर त्यो तिरेको छैन् । काठमाडौंमा १ हजार भन्दा बढी पीडित छौं । देशभर ५ हजार पीडित छौँ ।’ 

    स्मार्ट टेलिकम टावर पीडित संयोजक थापाकाअनुसार स्मार्ट टेलिकम खारेजपछि सबै सम्पती नेपाल सरकारले लिएको छ । सरकारले समीति पनि बनाएको छ । त्यो समितिबाट छिटो काम गराएर आफूहरुलाई क्षर्तिपूर्ति दिनुपर्ने उहाँले बताउनु भयो । भेटमा सञ्चारमन्त्री खरेलले यसबारे आफू जानकार रहेको बताउँदै समस्या हल गर्नतर्फ लाग्ने बताउनु भयो । 

    सञ्चारमन्त्री खरेलले भन्नुभयो–‘तपाईंहरुको माग जेजे छ, लिखित ल्यानुहोस् यो सरकारले कसैलाई अन्यायमा पर्न दिँदैन । सबैतिरका समस्या सरकारले सुन्छ । समस्या सुन्दा कहाँनिर बद्मासी भएको छ, को अन्यायमा परेको छ । यसको न्याय र समस्या समाधान कसरी हुनुपर्छ, सरकारले खोजिहाल्छ ।’

    उहाँले अझ स्पष्टताका लागि लिखित मागहरु ल्याउन समेत पिडितहरुलाई आग्रह गर्नुभयो ।