२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

ब्याटिङ चल्न नसक्दा हा-यौं : अनिल साह

शुक्रवार , मंसिर १२, २०८२

  • 130
    Shares
  • 130
    Shares
  • काठमाडौं, १२ मंसिर । पोखरा एभेन्जर्ससँग हारपछि जनकपुर बोल्ट्सका कप्तान अनिल साहले ब्याटिङ चल्न नसक्दा राम्रो नतिजा आउन नसकेको बताएका छन् ।

    लगातार तेस्रो हारपछि कप्तान अनिलले राम्रो सुरुआत नहुनु र ब्याटिङ चल्न नसक्दा हार बेहोर्नु परेको बताएका छन् । उनले अभैm चार खेल बाँकी रहेकाले तेस्रो र चौथो स्थानका लागि सकारात्मक रहेको पनि उल्लेख गरे ।

    वाइने पर्नेलको ब्याटिङ र बलिङमा राम्रो हुनु आजको खेलमा सकारात्मक पक्ष रहेको उनको भनाइ छ । विकेट ट्रिकी भएर ब्याटिङ गर्न सहज नरहेको उनले बताएका छन् । कप्तानको रूपमा आफ्नो भूमिका निभाउने प्रयास गरे पनि राम्रो ब्याटिङ गर्न नसकिएको उनी बताउँछन् ।

    आफूबाट प्रदर्शन राम्रो नभएकाले अन्य खेलाडीलाई माथि पठाए पनि त्यो योजना पनि काम नगरेको उनको भनाइ छ । उनले राम्रो साझेदारी बन्न नसक्दा टोलीले जित निकाल्न नसकेको उल्लेख गरे ।

    पोखराका बलर विपिन खत्रीले मिडल अर्डर छिटै गए पनि राम्रो फिनिस गर्न सक्दा राम्रो योगफल जोड्न सकिएको बताएका छन् । पिचमा स्पिनरलाई मद्दत मिल्ने खालको रहेको र त्यहीअनुरूप आफूले बलिङ गर्दा विकेट निस्किएको उनले उल्लेख गरे ।

    पहिलो दुई विकेट आएपछि विपक्षी टोली ब्याक फुटमा गएकाले त्यो विकेट महत्वपूर्ण रहेको उनी बताउँछन् । उनले आज पहिलो जितको खोजीमा रहेकाले सफलता पाउँदा खुसी रहेको धारणा राखे ।

    एउटा टिमका रूपमा सबैले खेल्दा पहिलो जित सम्भव भएको उनी बताउँछन् । यो पिच ब्याटिङ गर्न सहज नभएकाले बोर्डमा बनेको रन भट्टाउन सहज नरहेको उनको धारणा रह्यो ।

    पछि ब्याटिङ गर्दा डट बलमा दबाब बनाउने सकिने विश्वाससहित पोखराले पहिले ब्याटिङ गर्ने निर्णय गरेको उनले उल्लेख गरे । सोहीअनुरूप नतिजा पनि आएको उनले उल्लेख गरे ।