२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

हामीप्रति नागरिकको आकर्षण बढ्दो छ : माधव नेपाल

बिहिवार , मंसिर ११, २०८२

  • 226
    Shares
  • 226
    Shares
  • काठमाडौं, ११ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीप्रति दिन प्रतिदिन आम नागरिकको आकर्षण बढ्दै गएको बताउनुभएको छ । 

    बिहीवार आयोजित एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै सफल हुँदैन भनेको एकता दिनप्रतिदिन सफल हुँदै गइरहेको बताउनु भयो ।

    शुक्रवारबाट सुदूरपश्चिमको धनगढीमा सन्देश सभा गर्न लागेको बताउनु हुँदै सबैले साथ र सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले सुदूरपश्चिमका नेताहरुले त्यहाँको सभामा तिसौँ हजार उतार्ने दाबी गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘यो एकता सफल हुँदैन भनेका थिए । तर दिन बितेको छैन, हप्ता बितेको छैन, महिना बितेको छैन । यो अत्यन्तै उचित थियो भन्नेकुरा पुष्टि भइरहेको छ ।

    भोलिदेखि हामी सन्देश सभाको कार्यक्रम गर्न गइरहेका छौँ । पहिलो सन्देश सभा हामी सुदूरपश्चिम प्रदेशको धनगढीमा गर्दैछौँ । धनगढीमा सुदूरपश्चिमका नेताहरु बसेर दशौँ, बिसौँ हजार भन्दा बढी संख्यामा उपस्थित गराउने गरी लाग्नुभएको छ । आशावादी हुनुभएको छ ।

    अभियान चलाउनु भएको छ । सुदूरपश्चिमका नेताहरुः तपाईंहरुको परीक्षा त्यहीँ हुन्छ । ’ सहसंयोजक नेपालले आफूहरुले जनताको मन र विश्वास जितेको बताउनु भयो ।