बिहिवार , मंसिर ११, २०८२
काठमाडौं, ११ मंसिर । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को अध्यक्ष जगतबहादुर सिम्खडाले आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कोष शुरुवात हुँदा आफूहरु खुशी देखिएपनि अहिले निराश भएको बताउनुभएको छ ।
सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले बहुसंख्यक श्रमिकका लागि सामाजिक सुरक्षा चरीलाई बेल पाक्यो हर्ष न विष्मत भएको बताउनुभएको हो । विश्वभरी नै सामाजिक सुरक्षा श्रमिकहरुको आधारभुत स्तभ हो भन्ने मान्यता रहेको र नेपालको संविधानले पनि सामाजिक सुरक्षा प्रत्येक नागरिकको हक मानेतापनि त्यसलाई व्यवहार्न उतार्न राज्यसंयन्त्र चुक्दै गएको सिम्खडाले बताउनु भयो ।
उहाँकाअनुसार देशको सामाजिक सुरक्षा भत्ताले देशको अर्थतन्त्रलाई धराशायी बनाउन सक्ने आँकलन भइरहेका छन् । हाल देशको कुल बजेटको १२ प्रतिशत सामाजिक सुरक्षामा खर्च भइरहेको छ । अबको १० वर्षमा यो अवस्था रही रहे सामाजिक सुरक्षा भत्ताको हिसाबले देश आर्थिक संकटमा जानेछ । त्यसर्थ सामाजिक सुरक्षा योगदानमा आधारित हुन जरुरी रहेको सिम्खडाले बताउनु भयो ।
सिम्खडाले छरिएर रहेका सामाजिक सुरक्षाका कार्यक्रमहरुलाई एकीकृत गर्न जरुरी रहेको बताउनु भयो । सामाजिक सुरक्षा कोष कार्यान्वयनका लागि श्रम लचकताका नाममा श्रमिकका अधिकारहरु समेत खोस्ने प्रपच भएको बताउनुभयो ।
उहाँका अनुसार हरेक २ वर्षमा बढ्ने न्युनतम परिश्रमीक २०७४ सालमा ५० रुपैयाँमात्र बढाएर पुरै रोजगारदातालाई छाडेर ऐन ल्याउन सहमति गरियो । तर आजसम्म सामाजिक सुरक्षा लागू हुन नसक्दा श्रमिकको प्रत्येक महीना २ हजारको दरले आर्थिक घाटा भइरहेको छ।
वैदेशिक रोजगारमा गएकाहरु सामाजिक सुरक्षा कोषमा जोडिएपनि उनीहरुले निरन्तरता दिएका छैनन् । श्रमिकलाई अनावश्यक करको समेत भार थुपारिएको भन्दै सिम्खडाले आक्रोस समेत पोख्नुभयो ।
अध्यक्ष सिम्खडाले भन्नुभयो–‘अबको १० वर्षमा यो अवस्था रही रहे सामाजिक सुरक्षा भत्ताको हिसाबले देश आर्थिक संकटमा जाने सुनिन्छ । तर यही संकटको सामाधान योगदानमा आधारित सामाजिक सुरक्षा हो भन्ने हामीलाई लागेको छ ।
हामी अझै श्रमिकलाई गर्ने लगानी खर्च सम्झन्छौं । पुँजी होइन । हामी स्पष्ट भन्न चाहन्छौं, सामाजिक सुरक्षा भनेको राज्यको निगा होइन । यो श्रमिकको अधिकार हो । यसको कार्यान्वयन सबैका लागि अनिवार्य हुनुपर्छ ।’
सरकारले योगदानका लागि व्यवस्था समेत नमिलाउँदा अनौपचारिक क्षेत्रका लाखौँ श्रमिक अझै सामाजिक सुरक्षाको दायरा बाहिर रहेको सिम्खडाले बताउनु भयो ।
उहाँले सामाजिक सुरक्षा कोषमा रहेको पैसाबाट ब्याज खाने प्रवृत्ति मैलाएको, उत्पादनशिल क्षेत्रमा लगानी गर्न चासो नदेखाएको भन्दै त्यस्तो प्रवृत्ति बन्द हुनुपर्नेमा जोड समेत दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij