बिहिवार , मंसिर ११, २०८२
काठमाडौं, ११ मंसिर । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार आज नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले घटेको हो ।
बुधवार २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीवार घटेर २ लाख ४८ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
महासंघकाअनुसार चाँदीको मूल्य भने बढेको छ । प्रतितोला चाँदी ६० रुपैयाँले बढेको छ । बुधवार प्रतितोला ३ हजार ३३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार बढेर ३ हजार ३८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij