बिहिवार , मंसिर ११, २०८२
काठमाडौं, ११ मंसिर । बुधवार दिउँसो ह्वाइट हाउस नजिकै दुई अमेरिकी राष्ट्रिय गार्ड सदस्यमाथि गोली प्रहार भएको छ ।
एक संदिग्ध हिरासतमा रहेको स्थानीय अधिकारीहरूले बताएका छन् । एफबीआई निर्देशक काश पटेलले पत्रकारहरूलाई दुई सदस्यहरू गम्भीर अवस्थामा रहेको बताउनुभएको छ ।
वाशिंगटन, डी.सी.का मेयर मुरिएल बाउसरले एक ब्रीफिंगमा सदस्यहरू लक्षित गोली प्रहारको शिकार भएका बताउनु भयो ।
अधिकारीहरूकाअनुसार गोली प्रहारको घटना ह्वाइट हाउसबाट केही ब्लक टाढा स्थानीय समयअनुसार दिउँसो २ः१५ बजे भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij