२०८३, भाद्र ९ गते

Aug 25 2026 | २०८३, भाद्र ९ गते

ट्रम्पले युक्रेन शान्ति योजनालाई मस्कोमा राजदुत पठाए

बिहिवार , मंसिर ११, २०८२

  • 937
    Shares
  • 937
    Shares
  • काठमाडौं, ११ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन संकटमा शान्ति सम्झौतालाई अन्तिम रूप दिने आशामा आफ्ना विशेष दुत स्टीव विटकफलाई मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न निर्देशन दिएको बताउनुभएको छ ।

    यस शान्ति योजनालाई अन्तिम रूप दिने आशामा आफूले विशेष दुत स्टीव विटकफलाई मस्कोमा राष्ट्रपति पुटिनसँग भेट्न निर्देशन दिएको बताउँदै उहाँले सोही समयमा सेना सचिव डान ड्रिस्कोलले युक्रेनीहरूसँग भेट गर्ने पनि बताउनु भयो । 

    संयुक्त राज्य अमेरिकाले मस्यौदा गरेको मूल २८–बुँदे शान्ति योजनालाई दुवै पक्षबाट थप इनपुटसहित राम्रोसँग मिलाइएको बताउनु भयो । असहमतिका केही बुँदाहरू मात्र बाँकी रहेको उहाँको भनाइ छ ।

    ट्रम्पले चाँडै पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट्न उत्सुक रहेको पनि बताउनु भयो । अमेरिकाले प्रश्ताव गरेको २८ बुँदे शान्ति योजना गत हप्ता अनावरण गरिएको थियो ।

    यसको सार्वजनिक भएपछि संयुक्त राज्य अमेरिका, युक्रेन र धेरै युरोपेली देशका प्रतिनिधिहरूले जेनेभामा योजनाको बारेमा छलफल गर्न भेटेका थिए ।

    अमेरिकी सेनाको एक विज्ञप्तिअनुसार सोमवार र मंगलवार अमेरिकी सेना सचिव डेनियल ड्रिस्कोलले अबुधाबीमा रूसी अधिकारीहरूसँग मस्यौदामा वार्ता गरेका छन् ।