२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

उद्योग दिवसको अवसरमा भैरहवामा अन्तरक्रिया

मंगलवार , मंसिर ९, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, ९ मंसिर । ११ औं राष्ट्रिय उद्योग दिवस–२०८२ को अवसरमा मंगलबार रुपन्देहीको भैरहवामा उद्योग÷वाणिज्य क्षेत्रका सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देहीको आयोजना तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको समन्वयमा कार्यक्रम भएको हो ।

    कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले उद्योगी–व्यवसायीहरूको तर्फबाट ‘उद्योग क्षेत्रको वर्तमान अवस्था, समस्या तथा सरकारप्रति अपेक्षा’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
    कार्यपत्रमा अध्यक्ष आचार्यले अहिलेको औद्योगिक अवस्थाबारे विस्तृत विवरण प्रस्तुत गर्नुहुँदै औद्योगिक गतिविधि र लगानीको स्थिति, आयात–निर्यातको प्रवाह तथा समग्र व्यवसायिक वातावरणका विषयहरू उठाउनुभयो ।

    उद्योगीहरूले भोगिरहेको प्रमुख समस्यामध्ये उर्जा तथा विद्युत आपूर्ति व्यवधान, कर र भन्सारसम्बन्धी जटिलता, श्रम तथा मानव संशाधन अभाव, वित्तीय कठिनाइ, प्रशासनिक झण्झट तथा विभिन्न अनुमति प्रक्रियाको जटिलता, सुरक्षा चुनौती लगायत प्रमुख रूपमा उठान गर्नुभयो ।

    त्यसै गरी उहाँले उद्योगी–व्यवसायीहरूको सरकारप्रतिको अपेक्षाका रूपमा नीति स्थिरता तथा व्यवसायमैत्री वातावरण निर्माण, उर्जा–विद्युत समस्या समाधान, सुरक्षा व्यवस्था सुदृढीकरण, वित्तीय सहजता, प्रशासनिक सुधार तथा उद्योग प्रवद्र्धन र लगानी आकर्षण जस्ता बुँदाहरू कार्यपत्रमा प्रस्तुत गर्नुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देहीका निमित्त प्रमुख पुष्पराज पाण्डे, घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका प्रमुख उद्योग अधिकृत शारदा भट्टराई, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा लगायतले बोल्नुभएको थियो ।