२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

नयाँ संसद भबनबाटै आगामी बैठक सञ्चालन गर्छौंः कुलमान घिसिङ

सोमवार , मंसिर ८, २०८२

  • 166
    Shares
  • 166
    Shares
  • काठमाडौं, ८ मंसिर ।शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी निर्वाचनबाट निर्वाचित सांसदहरुको बैठक सिंहदरबारस्थित नयाँ संसद भबनबाटै गराउने गरी तयारी अघि बढेको बताउनुभएको छ । 

    सोमवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँकाअनुसार आसन्न चुनावपछि संसद बैठक बस्नका लागि सिंहदरबार परिसरमा बनेको संसद भवन निर्माणको कामलाई तिब्रता दिइएको छ । सरकारले फागनु २१ गतेलाई प्रतिनिधधि सभा सदस्यको निर्वाचन मिति तोकेको छ । त्यसअघि माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुनेछ ।  


    मन्त्री घिसिङले भन्नुभयो–‘संसद भवन निर्माणको कामलाई तीव्रता दिन हामी निरन्तर लागिरहेका छौं । आगामी चुनावपछिको सांसदहरुले नयाँ संसद् भवनमै काम गर्न पाउनेछ । पहिलो मिटिङ सिंहदरबार स्थीत संसद् भवनबाटै गर्नुपर्छ भनेर हामी लागिरहेका छौं । संसद भवन निर्माणको कामलाई गति दिन डेलि मोनिटरिङ गर्ने हिसाबले मेकानिजम पनि बनाएका छौं ।   अब हामी रेगुलर मोनिटरिङमै छौं । कन्ट्याक्टर र कन्सल्टेसहरुसँग हामी छलफलमै छौं । त्यहाँ दुईओटा कन्ट्याक्टर भएकाले इन्टरफेसिङको काममा अलिकति समस्याहरु पनि रहेछ । हामी त्यसलाई रेगुलर मोनिटरिङ गरेका छौं ।

    घिसिङले चालू आर्थिक वर्षको बजेटमा तयारी नै नभएका कार्यक्रमहरुमा बजेट समेत राखिदाँ कार्यान्वयनमै समस्या आएको बताउनुभयो । उहाँका अनुसार प्रारम्भिक रुपमै अध्ययन नभएका, जग्गा नै अधिग्रहण नभएका, आयोजनामा यसअघिको सरकारले बजेट राखेको पाइयो । अनावश्यक रुपमा बजेट राखिएका बाहेक अरु आयोजनाहरुको बजेट रोक्का भएको भए खोल्नका लागि अर्थमन्त्रालयसँग छलफल हुने उहाँले बताउनुभयो ।