२०८३, आश्विन १९ गते

Oct 05 2026 | २०८३, आश्विन १९ गते

आलोचनाबाट बच्दै आफूहरु अघि बढिरहेको अर्थमन्त्रीको जिकिर

बुधवार , मंसिर ३, २०८२

  • 799
    Shares
  • 799
    Shares
  • काठमाडौं, ३ मंसिर । अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा केन्द्रित रहेको बताउनुभएको छ । 

    परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको ‘राजश्व प्रणालीमा सुधारः सार्वजानिक निजी संवाद’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार निर्वाचन गराउने र सुरक्षित तवरले सत्ता हस्तान्तरण गर्ने योजनाका साथ अघि बढिरहेको बताउनु भयो ।

    अन्तरिम सरकारलाई निर्वाचन गराउने म्याण्डेट रहेकाले करका दरहरु हेरफेरमा आफू नलागेको स्पष्ट पार्नुभयो । सकेसम्म संयमित रहँदै, आलोचनाबाट बच्दै र कानूनसम्मत तरिकाले आफूहरु अघि बढिरहेको जिकिर गर्नुभयो । 

    अर्थमन्त्री खनालले भन्नुभयो, ‘सकेसम्म संयमित रहेर काम गर्नुपर्ने, आलोचनाबाट बच्नु पनि पर्ने, कानूनसम्मत पनि हुनुपर्ने समयमा अहिले करका दर चलाउँदा यहाँहरुले पनि हेरिरहनुभएको छ, कुनै एउटा खास पक्षलाई पक्षपोषण गर्न थालियो भनेर फेरि अर्को व्यवसायिक तप्काबाट आवाज उठ्छ ।

    सरकारको ध्यान निर्वाचन गराउनेमा छ । सरकारको ध्यान सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा छ । त्यसैमा अवरोध आउने खालले विरोध हुन थाल्यो भने राम्रो हुँदैन भनेर करका दरमा ध्यान दिएको छैन । यो निर्वाचित सरकारले गरोस् भनेर ध्यान पु¥याउन पनि चाहेको छैन ।’

    अर्थमन्त्री खनालले करका दर अहिले हेरफेर गर्न खोजे निजी क्षेत्रबाटै विरोधको आवाज उठ्ने बताउनु भयो ।