२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

गोर्खा ब्याइजलाई भोजपुर गोल्ड कप फुटबलको उपाधि 

शनिवार , बैशाख ११, २०७८

बुटवल, ११ वैशाख ।
रुपन्देहीको गोर्खा ब्याइज एफसीले सिजनको पहिलो उपाधि आफनो नाममा लेखाउन सफल भएको छ । शनिबार सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्ड कप फुटबल प्रतियोगिता २०७८ को उपाधि रुपन्देहीको गोर्खा ब्याइज एफसीले चुमेको हो । 

फाइनल खेलमा अफ्रिकन रुट एसोसियन क्यामरुनलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसंगै गोर्खा ब्याईज नगद ५ लाख, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता अफ्रिकन रुट एसोसियन क्यामरुन नगद ३ लाख, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । 

भोजपुरस्थित टुडिखेलमा भएको निकै प्रतिष्प्रधात्मक खेलको थप गरिएको समयमा गोर्खा ब्याइजका पेपेले विजयी गोल गरे । प्रतियोगितामा उनी प्लेयर अफ दी टुनामेन्ट घोषित हुँदै पुरस्कृत भए । फाइनल खेलमा गोर्खा ब्याइजका गौरब श्रेष्ठ म्यान अफ दी म्याचबाट पुरस्कृत भए । त्यसै गरी गोर्खा ब्याइजकै मनोज श्रेष्ठ बेष्ट डिफेन्ट, अरुण लामा बेष्ट गोलकिपर, दयाराम सापकोटा बेष्ट कोचबाट पुरस्कृत भए । अफ्रिकन रुटका एन रोनाल्डो बेष्ट मिड फिल्डर घोषित हुँदै पुरस्कृत भए । 

प्रतियोगिताको विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले पुरस्कृत वितरण गरेका थिए । भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा ८ टिमले भाग लिएका थिए ।