२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

नेपाल स्काउट रुपन्देही जिल्ला संयोजकमा गुप्ता

बिहिवार , कार्तिक २७, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, २७ कार्तिक । नेपाल स्काउट रुपन्देही जिल्ला संयोजकको जिम्मेवारी आनन्द प्रसाद गुप्तालाई दिइएको छ । सिद्धार्थनगर नगरपालिका–६ निवासी गुप्तालाई उक्त जिम्मेवारी प्रदान गरिएको हो । उहाँ भैरहवा नमूना क्याम्पसको अध्यक्ष, नागरिक सरोकार मञ्च रुपन्देहीको अध्यक्षसहित विभिन्न संघ–संस्थाको नेतृत्व गर्दै आउनुभएको छ ।

    स्काउटद्वारा बिहीबार जारी सूचनामा उल्लेख छ–‘कार्तिक २७ गते नेपाल स्काउट राष्ट्रिय कार्यकारी समितिको बैठकको निर्णय अनुसार, नेपाल स्काउट नियमावली परिच्छेद ५ को नियम ७ बमोजिम जिल्ला स्काउट समन्वय समिति (तदर्थ समिति) गठन गरिएको हो ।’