शनिवार , बैशाख ११, २०७८
तिलोत्तमा, ११ वैशाख ।
राष्ट्रिय युवा संघ तिलोत्तमा वडा नम्बर २ को वडा भेलाले २५ सदस्यीय वडा कमिटी गठन गरेको छ । दिपक थापा क्षेत्रीको अध्यक्षतामा गठित वडा कमिटीको उपाध्यक्षमा विकास गुरुङ्ग र सन्दिप श्रेष्ठ, सचिवमा सुरज गौतम, सह–सचिवमा उमेश कार्की, कोषाध्यक्षमा सुरेश अर्याल र सह–कोषाध्यक्षमा नविन श्रेष्ठ रहेका छन् ।
त्यसै गरी सदस्यहरुमा ज्ञानु पौडेल, सुवास अधिकारी, शंकर श्रेष्ठ, लोकेन्द्र शर्मा, योगेश अर्याल, विज्ञान शर्मा, निरज पाण्डे, थम्मन रानाभाट, दिनेश कार्की, दिवस खनाल, पप्पु गुरुङ, पवन अर्याल, करन गुरुङ, वासु रिजाल र रोहित पौडेल रहेका छन् ।
भेलाको उद्घाटन गर्दै नेकपा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य एवं तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले पार्टीलाई अहिलेको अवस्थामा ल्याइ पुर्याउन युवा संघले महत्वपूर्ण भूमिका खेलेको बताए । सरकारले गरेका सकारात्मक कामलाई जनतामा लैजान र पार्टी विरोधी गतिविधि र भ्रमलाई चिर्न संघले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने उनले बताए ।
संघका तिलोत्तमा नगर कमिटी अध्यक्ष दिपेश कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य एवं जिल्ला संयोजक मनोज गौचनले पार्टी नेतृत्वविरुद्ध गरिएको घेराबन्दी सफल नहुने भन्दै यसकाविरुद्ध सम्पूर्ण युवा जगत एकढिक्का भइ सामना गर्ने बताए ।
भेलामा एमाले जिल्ला सचिवालय सदस्य एवं मजदूर इञ्चार्ज हुमाकान्त काफ्ले, एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष रेनुका खरेल, संघका रुपन्देही जिल्ला कमिटी सदस्यहरु इश्वर न्यौपाने, समुन्द्र श्रेष्ठ, शंकर पाण्डेय, अभिषेक भुसाल, पूर्व शंकरनगर गाउँ कमिटी उपाध्यक्ष अशोक क्षेत्री, पिन रुपन्देहीका जिल्ला सदस्य दुर्गा गौतम, संघका तिलोत्तमा वडा नम्बर १ का सचिव निरज गौतम, कोषाध्यक्ष सुमन खरेल, युवा संघ तिलोत्तमा नगर कमिटीका सदस्य चन्द्रकान्त पाण्डेय लगायतले बोलेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij