२०८२, माघ २३ गते

Feb 06 2026 | २०८२, माघ २३ गते

जेन–जेड सिद्धार्थनगर समिति गठन, संयोजकमा तिमिल्सिना

सोमवार , कार्तिक १७, २०८२

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, १७ कार्तिक । जेन–जेड रुपन्देही, नेपालले सिद्धार्थनगर नगरपालिकामा समिति गठन गरेको छ । शनिबार भैरहवामा भएको भेला (कार्यक्रम)ले २२ वर्षिय आयुष तिमिल्सिनाको संयोजकत्वमा १३ सदस्यीय नगर समिति चयन गरेको छ । 

    समितिको सह–संयोजकमा नवराज भण्डारी, सुवेक्षा न्यौपाने, सचिवमा सविता पन्थी, कोषाध्यक्षमा पुनिसा भण्डारी, सह-सचिवमा गौरव अग्रहरी र सह-कोषाध्यक्षमा विधान विश्वकर्मा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा सिमोन गुरुङ, अभिषेक श्रीवास्तव, मंयक अधिकारी, अन्जली न्यौपाने, सुलोचना अर्याल र शिवनाथ कुवर रहनुभएको छ ।

    भेलाले ७ सदस्यीय सल्लाहकार समेत चयन गरेको छ । सल्लाहकारमा विजय सागर श्रेष्ठ, नारायण प्रसाद भण्डारी, ओम पौडेल, रामचन्द्र रेग्मी, सुमन न्यौपाने, लक्ष्मी अधिकारी र बी.एन. गुप्ता रहनुभएको छ । केही सदस्य र सल्लाहकार पछि मनोनित गरिने सल्लाहकार नारायण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

    जेन–जेड रुपन्देहीका जिल्ला सह–संयोजक विवेक पाण्डेको अध्यक्षता, नागरिक अगुवा, साहित्यकार तथा समाजसेवी विजय गोविन्द श्रेष्ठको प्रमुख आतिथ्यता, नारायण प्रसाद भण्डारी, ओम पौडेल, सुमन न्यौपाने, रामचन्द्र रेग्मी, लग्मी अधिकारी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    WhatsApp Image 2025-11-03 at 2.17.29 PM (1).jpeg

    जेन–जेड रुपन्देहीका सचिव सुरज पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।