आइतवार , कार्तिक १६, २०८२
भैरहवा, १६ कार्तिक । स्वास्थ्य संस्थामा खानेपानी, सरसफाई, स्वच्छता तथा फोहरमैला व्यवस्थापन सम्बन्धी भैरहवामा प्रदेशस्तरीय कार्यशाला गरिएको छ । स्वास्थ्य संस्थामा खानेपानी, सरसफाई र फोहोर व्यवस्थापनमा विशेष रुपमा ध्यान पुर्याउन नसक्दा स्वास्थ्य सस्था तथा प्रयोगशालाहरुमा विभिन्न खालकोे संक्रमणको जोखिम बढ्ने हँुदा सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
स्वास्थ्य संस्थामा खानेपानी, सरसफाई र फोहोर व्यवस्थापनमा विशेष रुपमा ध्यान पुर्याउन नसक्दा स्वास्थ्य संस्था तथा प्रयोगशालाहरुमा विभिन्न खालकोे संक्रमणको जोखिम बढ्ने हुँदा सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । युनिसेफको आर्थिक सहयोग, प्रदेश स्वास्थ्य निर्देशनालय लुम्बिनीको संयोजकत्व तथा छायाँ नेपाल र हिक्याफ ३६० को आयोजनामा भैरहवामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले लुम्बिनी प्रदेशका धेरैजसो स्वास्थ्य संस्थामा खानेपानी, सरसफाई, स्वच्छता र फोहोरमैला व्यवस्थापनको अवस्था कमजोर देखिएको बताएका छन् ।
स्वच्छ पानी, सरसफाईयुक्त शौचालय, फोहर व्यवस्थापन प्रणाली र सरसफाईजन्य चेतनाको अभावले गर्दा स्वास्थ्य सेवा लिन आउने बिरामी मात्र होइन, स्वास्थ्यकर्मीहरू समेत जोखिममा परिरहेका छन् ।
कार्यक्रममा प्रदेश योजना आयोग लुम्बिनीका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले खानेपानी, सरसफाई र फोहर व्यवस्थापनमा सुधार भए स्वास्थ्य सेवा प्रभावकारी बन्दै जाने बताउनुभयो । उहाँले बजेटको अभाव, जनशक्ति कमी र अनुगमन नहुँदा सुधारको प्रयास भए पनि कतिपय अवस्थामा काम प्रभावकारी हुन नसकेको बताउनुभयो ।
स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक रोशन लाल चौधरीले अहिले पनि कतिपय संस्थाले प्रयोग गरिएका सुई–सिरिन्ज, पञ्जा, मास्क र औषधिजन्य फोहर खुला ठाउँमा फालिएको बताउँदै यसबाट संक्रमण फैलिन सक्ने बताउँदै यस्तो नगर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा युनिसेफको तर्फबाट अरिनीता मास्के श्रेष्ठले प्यानडेमिक फण्ड, रिपब्लिक अफ कोरियाकातर्फबाट प्राप्त अनुदानबाट लुम्बिनी प्रदेशमा सञ्चालित कार्यक्रमका प्रमुख क्षेत्रहरुको परिचय दिनुभएको थियो ।
‘धेरै स्वास्थ्य संस्थामा खानेपानीको उचित व्यवस्था छैन, फोहर संकलन र नष्ट गर्ने प्राविधिक सुविधा उपलब्ध छैन, ’उहाँले भन्नुभयो–‘खानेपानीको स्वच्छता र प्रयोगशालाई दक्ष जनशक्ति राखेर गुणस्तरमा विशेष ध्यान दिनुपर्दछ । यसका लागि संघीयस्तरमा गरिएको गोष्ठीले सन् २०३० सम्म को दिगो विकासका लक्ष्य प्राप्त गर्न प्रदेश तथा जिल्लामा चाहिने अनुमानित लागतको लेखाजोखा समेत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा छायाँ नेपालका कार्यक्रम संयोजक राम महर्जनले संस्थाद्वारा सञ्चालित कार्यक्रमको उद्देश्य, प्रस्तुतीकरणसहित कार्यक्रमको समग्र विवरण, सरोकारवालाको संलग्नता, अपेक्षित परिणाम र लगानी योजनाका बारेमा जानकारी दिनुभयो ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा. सुदन पन्थीले पानी र फोहर पानी अनुगमन, निगरानी र विभिन्न सरोकारवालाहरुको भूमिका र हालसम्म भएका प्रगतिका विषयमा जानकारी गराउनुभएको थियो । त्यसै गरी हिक्याफ ३६० का प्रेरणा डंगोलले लुम्बिनी प्रदेशको स्वास्थ्य संस्थाजन्य फोहरमैला व्यवस्थापनको अबस्था, चुनौती तथा आगामी कार्यबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij