आइतवार , कार्तिक १६, २०८२
काठमाडौं, १६ कार्तिक । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा अवैध रुपमा बनाइएका भौतिक संरचनामा डोजर चलाएको छ ।
सम्पदा क्षेत्रमा निर्माण गरिएको संरचनाहरुमा आईतवार महानगरले डोजर चलाएको हो । महानगरले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ थापाथली क्षेत्रमा रहेका अवैध भौतिक संरचना भत्काइरहेको छ ।
महानगरपालिकाले राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग पनि भत्काउने बताएको छ । अहिले त्यहाँ बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । महानगर प्रहरी पनि ठूलो संख्यामा खटिएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij