२०८२, कार्तिक १२ गते

Oct 29 2025 | २०८२, कार्तिक १२ गते

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना

बुधवार , कार्तिक १२, २०८२

  • 442
    Shares
  • 442
    Shares
  • सोलुखुम्बु, १२ कार्तिक । सोलुखुम्बु जिल्लाको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

     जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोजित कुँवरले आज बिहान ७ बजेर ५० मिनेट जाँदा अल्फा माइक सेरा कलसाइन भएको अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटनामा परेको जानकारी दिनुभयो ।

    हेलिकप्टर लोबुचे हेलिप्याडमा अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको डिएसपी कुँवरले बताउनु भयो । हेलिकप्टरमा पाइलट विवेक खड्कामात्र रहनुभएको थियो ।

    पाइलट खड्कालाई कैलाश हेलिकप्टरमार्फत उद्दार गरी लुक्ला लगिएको डिएसपी कुँवरले बताउनु भयो । उहाँको स्वास्थ्यअवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।