२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

लुम्बिनीका सभामुखद्धारा गण्डकी र बाग्मतीका सभामुखसँग अन्तरक्रिया

शुक्रवार , बैशाख १०, २०७८

बुटवल, १० बैशाख।

लुम्बिनी प्रदेशका सभामुख पुर्णबहादुर घर्तीेको नेतृत्वमा एक प्रतिनिधी मण्डलले गण्डकी र बाग्मती प्रदेशका सभामुखहरुसँग अन्तरप्रदेश भ्रमण तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। सभामुख घर्तीसहित उपसभामुख कृष्णी थारु, प्रदेश सभा सदस्यहरु नारायण आचार्य, रमा अर्याल, शुषमा यादव, तारा जीसी लगाएतको सो प्रतिनिधीमण्डलले अन्तरप्रदेश अनुभव आदान प्रदान र अन्तरक्रिया गरेको हो। 3 (1).JPG

गण्डकी प्रदेशको राजधानी पोखरा र बाग्मती प्रदेशको राजधानी हेटौंडामा तत्तत् प्रदेशका सभामुख, उपसभामुख, सचिव, बिपक्षी दलका नेता लगाएतको उपस्थितीमा कानुन निर्माण, कार्यान्वयनको अवस्था, समस्या र चुनौतीहरु लगाएतका बिषयमा अन्तरक्रिया भएको प्रदेश सभा सचिवालयले जनाएको छ। 4 (1).JPG

कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा, सचिव हरिराम पोखरेल लगाएत प्रदेश सभा सदस्यहरुसँग प्रदेश सभाका गतिबिधीका बारेमा अन्तरक्रिया गरिएको थियो।

उता बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ्ग, सचिव कृष्णहरि खड्का लगाएतका बिभिन्न दलका नेता तथा प्रदेश सभा सदस्यहरुसँग पनि अनुभव आदान प्रदान र छलफल गरिएको प्रतिनिधी मण्डलमा सहभागि नेताहरुले बताएका छन्। 

सो अन्तरक्रिया तथा छलफल कार्यक्रममा हालसम्म प्रदेश सभाले निर्माण गरेका कानुनहरु, कार्यान्वयनको अवस्था, निर्माणाधिन कानुन, कानुन निर्माणमा समस्या र चुनौतीहरु, कर्मचारीको ब्यबस्थापन लगाएतका बिषयमा अनुभव आदान प्रदान गरिएको थियो।