२०८२, कार्तिक १० गते

Oct 27 2025 | २०८२, कार्तिक १० गते

इजरायली ड्रोन आक्रमणबाट हिज्बुल्लाह कमाण्डरको मृत्यु

सोमवार , कार्तिक १०, २०८२

  • 373
    Shares
  • 373
    Shares
  • काठमाडौं, १० कार्तिक । लेबनानी र इजरायली स्रोतहरूकाअनुसार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा हिज्बुल्लाहका एक कमाण्डरको मृत्यु भएको छ ।

    अर्का एक व्यक्ति घाइते भएका छन् । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि हमलाले नाबाटीह क्षेत्रको हारुफ–जिबचित सडकमा रहेको प्राथमिक विद्यालय नजिकैको कारलाई लक्षित गरेको थियो ।

    जनस्वास्थ्य मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्रले आक्रमणमा एक व्यक्तिको मृत्यु भएको र अर्का एक घाइते भएको बताएको छ । जबकि लेबनानी सेनाको गुप्तचर स्रोतले मृतकको नाम जेन फुतौनी रहेको बताएको छ ।

    जो हलौसियाह शहरका हिज्बुल्लाहको एलिट रडवान फोर्सका कमाण्डर थिए । इजरायल रक्षा बलले एक विज्ञप्तिमा हमलाको पुष्टि गर्दै भन्यो कि फुतौनी रडवान फोर्सका एक एन्टी–ट्याङ्क कमाण्डर थिए ।

    जो हालै दक्षिणी लेबनानमा हिज्बुल्लाहको सैन्य पूर्वाधार पुनस्र्थापित गर्ने प्रयासमा संलग्न थिए । हिज्बुल्लाह र इजरायल बीचको युद्धविराम नोभेम्बर २७, २०२४ देखि लागू भएको छ ।

    जसले गाजा युद्धबाट शुरु भएको झडपलाई धेरै हदसम्म रोकेको छ । इजरायली सेनाले लेबनानमा बेलाबेलामा आक्रमणहरू जारी राखेको छ । हिज्बुल्लाह विरुद्धको कारबाहीलाई धम्की भन्दै लेबनानी सीमामा पाँच मुख्य स्थानहरूमा सेनालाई कायम राखेको छ ।