२०८२, कार्तिक ९ गते

Oct 26 2025 | २०८२, कार्तिक ९ गते

युक्रेनी राजधानीमा रुसी आक्रमण : १ जनाको मृत्यु, १० घाइते

आइतवार , कार्तिक ९, २०८२

  • 400
    Shares
  • 400
    Shares
  • काठमाडौं, ९ कार्तिक । शुक्रवारदेखि शनिवारसम्म रातिसम्म भएको रुसी आक्रमणबाट युक्रेनी राजधानीमा एक जनाको मृत्यु भएको छ ।

    साथै अन्य १० जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । आक्रमणबाट धेरै क्षेत्रमा आगो लागेको, आवासीय भवनका झ्यालहरू फुटेको र शहरको पूर्वी भागमा रहेको एउटा बालवाडीमा क्षति पुगेको किभ शहर सैन्य प्रशासनका प्रमुख टिमुर त्काचेन्कोले बताउनु भयो ।

    किभका मेयर भिटाली क्लिट्स्कोले शहरलाई ब्यालिस्टिक क्षेप्यास्त्रले लक्षित गरेको बताउनु भयो । युक्रेनी वायु सेनाकाअनुसार युक्रेनमा रातभर गरिएको आक्रमणको क्रममा रुसले ६२ वटा ड्रोन र नौ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

    वायु रक्षा एकाइहरूले ५० वटा ड्रोन र चार वटा क्षेप्यास्त्र खसालेका थिए । यो आक्रमण एक हप्ताभन्दा कम समयमा युक्रेनी राजधानीमा दोस्रो ठूलो आक्रमण हो ।

    शुक्रवार बेलायती प्रधानमन्त्री केयर स्टारमरले बेलायतले जाडोमा देशको हवाई रक्षालाई बलियो बनाउन युक्रेनलाई ५ हजार भन्दा बढी हल्का बहुभूमिका क्षेप्यास्त्रहरू आपूर्ति गर्ने आफ्नो कार्यक्रमलाई तिब्रता दिइरहेको बताउनुभएको छ ।