शुक्रवार , कार्तिक ७, २०८२
भैरहवा, ७ कार्तिक । मैथिल समुदायमा हर्सोल्लाषपूर्वक मनाउने छठ पर्वको तयारी शुरु भएको छ ।
अन्नकुट तथा गोधन पर्व र भ्रातृद्वितिया पर्व सम्पन्न भए लगत्तै मैथिल समुदायले पारिवारिक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको तयारी शुरु गरेका हुन् ।
छठ पर्वका लागि अहिले जनकपुरधामका पोखरीहरुलाई सरसफाई तथा सजावटको कार्य शुरु भएको छ भने बजारमा पनि पूजा सामग्री किन्नेहरुको चहलपहल बढेको छ । यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहल पहल बाक्लो छ ।
आदिदेव सूर्य भगवानलाई अघ्र्य दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रुपले श्रृंगारिदै छ ।
खास गरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरीहरु गंगासागर, धनुष सागर, अंगराजसर, दशरथ तलाउ लगायतका पोखरीहरुलाई नवदुलहीझैँ सजाइँदैछ । जनकपुरधामको प्रसिद्ध गंगासागर, धनुष सागर तथा अंगराज सर पोखरीमा मात्रै ११ हजारभन्दा बढी श्रद्धालुहरु छठ पूजा गर्ने गर्छन् ।
जनकपुरधामका साथै तराई मधेसका गाउँगाउँमा रहेका पोखरीहरुलाई समेत छठ पर्वलाई लिएर सरसफाईका साथै सजाउने कार्य भईरहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij