२०८२, आश्विन २८ गते

Oct 14 2025 | २०८२, आश्विन २८ गते

सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन ध्यान देओस् : देउवा

मंगलवार , आश्विन २८, २०८२

  • 412
    Shares
  • 412
    Shares
  • काठमाडौं, २८ असोज । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनको वातावरण बनाउनका लागि ध्यान दिनुपर्ने बताउनुभएको छ ।

    जेन—जी आन्दोलनपछि पहिलो पटक मंगलवार पार्टी मुख्यालय सानेपामा सार्वजनिक हुनुभएका उहाँले पार्टी केन्द्रिय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै सो आवश्यकता औंल्याउनुभएको हो ।

    सभापति देउवाले फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेपनि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा बन्न नसकेको उल्लेख गर्दै सबै दललाई निर्वाचनमा सहभागी गराउने गरी आवश्यक वातावरण सरकारले बताउनुपर्ने बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘सरकारले फागुन २१ मा निर्वाचनको मिति घोषणा गरेको छ । तर स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन । निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था  बन्छ । त्यसतर्फ सरकारको ध्यान   जाओस्।’

    सभापति देउवाले देश र जनताको पक्षमा आफूले सकेको योगदान दिएको पनि बताउनु भयो ।