२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

प्राथमिक उपचार पुनर्ताजगी तालिम सम्पन्न

सोमवार , आश्विन २७, २०८२

  • 292
    Shares
  • 292
    Shares
  • भैरहवा, २७ असोज । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले सोमबार भैरहवामा प्राथमिक उपचार पुनर्ताजगी तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

    अन्तर्राष्ट्रिय विपद् न्यूनीकरण दिवसको अवसरमा प्राथमिक उपचार सहजकर्ताका लागि एकदिने तालिमको आयोजना गरिएको रेडक्रस रुपन्देहीका जिल्ला सभापति रामचन्द्र उपाध्यायले बताउनुभयो ।
    उहाँले प्रत्येक वर्ष रेडक्रसले यो दिवसमा विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । प्राथमिक उपचार पुनर्ताजगी तालिम फलदायी र उपलब्धीमूलक भएको सभापति उपाध्यायले विश्वास व्यक्त गर्नुभयो ।

    तालिमको उद्घाटन कार्यक्रममा बोल्दै रेडक्रस रुपन्देहीका जिल्ला उपसभापति सुशील गुरुङले प्राथमिक उपचारबारे पनि समयअनुकुल अपडेट हुनुपर्ने बताउनुभयो । ‘यो स्वास्थ्य र मानव जीवनसँग सम्बन्धीत विषय हो । जसरी हामी मोबाइलका सप्टवेयर अपडेट गछौं, त्यसरी नै प्राथमिक उपचारका विषयमा पनि अपडेट हुन जरुरी छ, ’उहाँले भन्नुभयो ।
    उहाँले आजको दिवस (दिन) महत्वपूर्ण रहेकोले संघीय, प्रदेश र स्थानीय सरकारले विपद् पूर्वतयारी, प्रतिकार्य योजना लगायत विषयमा स्थानीयस्तरमा कार्यक्रम गर्दा उपयुक्त हुने सुझाव दिनुभयो । ‘अन्तर्राष्ट्रिय विपद् न्यूनीकरण दिवस नेपालमा मात्र नभइ विश्वभरी मनाइँदैछ । कम्तीमा स्थानीय सरकार, स्थानीय र जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीयस्तरमा कार्यक्रम गरेको भए राम्रो हुन्थ्यो । गरिएको छ भने त राम्रै छ, ’उहाँले भन्नुभयो । रेडक्रसले विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको उपसभापति गुरुङले बताउनुभयो ।

    रेडक्रस सोसाइटी रुपन्देही उपसभापति रुपमा हिराचनको स्वागत तथा उपमन्त्री दिनेश पन्थीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य राकेश गुरुङले रेडक्रसका ७ आधारभूत सिद्वान्त वाचन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्राथमिक उपचार समिति संयोजक तथा प्रशिक्षक तुल बहादुर थापाले गर्नुभएको थियो