२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी

सोमवार , आश्विन २७, २०८२

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, २७ असोज । इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली अधिकारीहरूले पुष्टि गरेका छन्।

    हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा नेपालमा विपिन जोशीको नाम छैन ।

    अमेरिकाको पहलमा इजरायल र हमासबिच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु रिहा गर्ने कार्यक्रम छ । 

    अपहरणपछि हमासले गत मंसिरमा एक भिडियो सार्वजनिक गरेको थियो, जसमा विपिन जीवित रहेको देखिएको थियो। त्यसयता उनको अवस्था अज्ञात थियो।

    विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयास जारी राखेको थियो भने उनको अवस्था बुझ्न र रिहाइको पहल गर्न विपिनकी आमा र बहिनी केही समयअघि इजरायल पनि पुगेका थिए। हाल उनीहरू अमेरिकामा छन्।