२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

पाकिस्तान—अफगानिस्तान सीमा क्षेत्रमा झडप : ६७ सैनिक मारिए

सोमवार , आश्विन २७, २०८२

  • 298
    Shares
  • 298
    Shares
  • काठमाडौं, २७ असोज । किस्तान र अफगानिस्तानबीच सीमा क्षेत्रमा झडप भएको छ ।

    पाकिस्तानले दुई देशको सीमा क्षेत्रमा अफगान उत्तेजनाको निन्दा गर्दै अफगान सरकारलाई आफ्नो भूभाग आतंकवादी तत्वहरूले पाकिस्तान विरुद्ध प्रयोग नगर्ने सुनिश्चित गर्न माग गरेको छ । अफगानिस्तानले कसैद्वारा आफ्नो भूमिको कुनैपनि उल्लङ्घनलाई अनुत्तरित नबनाउने बताएको छ ।

    पाकिस्तानी सेनाको मिडिया शाखा पाकिस्तानको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सले तहरीक–ए–तालिबान पाकिस्तानको आतंकवादी समूहका आतंककारीहरूले पाकिस्तान–अफगानिस्तान सीमामा पाकिस्तानमा बिना उक्साहट आक्रमण गरेको बताएको छ । पाकिस्तानको सुरक्षा बलले आक्रमणलाई विफल पारेको बताएको छ ।

    झडपमा २३ पाकिस्तानी सैनिक र २०० भन्दा बढी आतंककारी मारिएका छन् । तालिबान शिविर र चौकीहरू, आतंकवादी तालिम केन्द्रहरू र अफगान क्षेत्रबाट सञ्चालन हुने समर्थन नेटवर्कहरू विरुद्ध सटीक गोलीबारी र हमलाहरू साथै भौतिक छापा मारिएको थियो।

    सीमामा धेरै तालिबान स्थानहरू नष्ट गरिएका छन् । सीमाको अफगान पक्षमा रहेका २१ शत्रुतापूर्ण स्थानहरू पनि छोटो समयको लागि भौतिक रूपमा कब्जा गरिएको थियो । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले देशको सीमा क्षेत्रमा अफगानिस्तानको उत्तेजनापूर्ण गतिविधिको निन्दा गर्नुभएको छ ।

    पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीले पनि एक विज्ञप्तिमा पाकिस्तानको सार्वभौमिकतामा कुनै सम्झौता नहुने बताउनुभएको छ । अफगान सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानसँगको सीमामा शुरु गरिएको प्रतिशोधात्मक कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारिएका र अन्य ३० जना घाइते भएका बताउनु भयो ।

    कारबाहीका क्रममा कुल ९ अफगानी सैनिक पनि मारिएका बताउनु भयो । साथै र १६ जना घाइते भएका छन् ।