२०८२, कार्तिक २१ गते

Nov 07 2025 | २०८२, कार्तिक २१ गते

रोट्रयाक्ट बुटवल डाउन टाउनद्वारा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना

आइतवार , आश्विन २६, २०८२

  • 961
    Shares
  • 961
    Shares
  • बुटवल, २६ असोज । रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले  विश्व मानसिक स्वास्थ्य दिवस–२०२५ को अवसरमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना र कक्षा १० (एसईई) विद्यार्थीका लागि My Calm Plan शिर्षकमा कार्यक्रम गरेको छ । रुपन्देहीको बुटवलस्थित दीप बोर्डिङ स्कूलमा आयोजित कार्यक्रममा करिब ६० जना विद्यार्थीहरुको उपस्थिति थियो ।

    विद्यार्थीहरूमा मानसिक सन्तुलन, आत्मविश्वास र सकारात्मक सोच विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको क्लबले जनाएको छ । कार्यक्रममा न्युरोसायकेट्रिस्ट डा. बिनोद पौडेल र प्रमाणित NLP प्राक्टिसनर रमेश अर्याल स्रोत व्यक्तिका रूपमा हुनुहुन्थ्यो ।

    कार्यक्रममा डा. बिनोद पौडेलले ‘मानसिक स्वास्थ्य सचेतना’ सत्र सञ्चालन गर्दै विद्यार्थीहरूलाई मानसिक स्वास्थ्यका आधारभूत पक्ष, तनाव व्यवस्थापन, ध्यान र आत्म–देखभालका उपायबारे विस्तृत जानकारी दिनुभएको थियो । उहाँले अध्ययनको दबाबबीच पनि आत्मसन्तुलन र सकारात्मक सोच कायम राख्न विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो ।

    त्यस्तै रमेश अर्यालले My Calm Plan सत्रमार्फत विद्यार्थीहरूलाई आत्म नियन्त्रण, आत्मविश्वास वृद्धि र NLP प्रविधिको माध्यमबाट अध्ययनमा एकाग्रता र मानसिक शान्ति कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा मार्गदर्शन प्रदान गर्नुभयो ।

    क्लबका अध्यक्ष रोट्रयाक्टर आबिष्कार खनालले कार्यक्रमले विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुदृढीकरण र आत्मविश्वास अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमले विद्यार्थीहरूमा मानसिक स्वास्थ्यप्रति सचेतना जगाउँदै आत्म–देखभाल, तनाव व्यवस्थापन र सकारात्मक सोच विकासका व्यवहारिक उपायहरू प्रदान गरेको खनालले बताउनुभयो । क्लबले आगामी पनि विद्यार्थी र युवामुखी यस्ता शैक्षिक तथा स्वास्थ्य–सम्बन्धी कार्यक्रम निरन्तर सञ्चालन गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    सो अवसरमा दीप बोर्डिङ स्कूलका उप–प्रधानाध्यापक सुरेन्द्र शाक्य, रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष बाबुराम बन्जाडेले भनाइ राख्नुभएको थियो

    रोट्रयाक्ट बुटवल डाउन टाउनका सचिव केशव पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा दीप बोर्डिङ स्कूलका उप–प्रधानाध्यापक सुरेन्द्र शाक्य, रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष बाबुराम बन्जाडे तथा दीप बोर्डिङ कक्षा ९ र १० का संयोजक कुलबहादुर खाम्चा, क्लबका निर्वाचित अध्यक्ष महेश खनाल, बोर्ड सदस्यहरू नविन प्रकाश भण्डारी, धिरज थापा, सदस्य अशोक पोखरेल लगायतको उपस्थिति थियो ।