२०८२, फाल्गुण १३ गते

Feb 25 2026 | २०८२, फाल्गुण १३ गते

बुटवलमा माइतीघरको उत्साह व्यापार : दर्शक भेटेर कलाकार मख्ख

शनिवार , आश्विन २५, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • बुटवल, २५ असोज । चलचित्र ‘माइतीघर’ को अहिले देश दौडाहा यात्रा चलेको छ । बाँकेदेखि दाङ हुँदै रुपन्देहीको बुटवल आएको चलचित्रको टीमले दर्शकको माया पाएकोमा उपस्थित कलाकारहरुले खुसी व्यक्त गरेका छन् । शुक्रबार बुटवलको क्यु एफ एक्स भाटभटेनी पुगेको ‘माइतीघर’ का कलाकारहरुले करिब १ घण्टा लामो समय दर्शकसँग बिताए ।

    सो चलचित्रको माइतिघर बोलको गीतमा पुरष्कार पाउने दुई टीम समेत आएको सो हलमा कलाकारहरुलाई सम्मान र उपहार समेत प्रदान गरेका थिए । कलाकारहरु पनि सम्मान र दर्शकको मायाले आफुहरुलाई नतमस्तक बनाएको बताएका छन् । बुटवलमा निर्माता रोहित अधिकारीसहित केदार प्रसाद घिमिरे माग्नेबुढा, प्रकाश सपुत, श्यामाश्री शेर्पाको उपस्थिति थियो ।

    IMG_9669.JPG

    देशभरका सबै हलमा प्रदर्शन गरिएको ‘माइतीघर’ रोहित अधिकारीद्वारा निर्मित तथा मिलन तामाङद्वारा निर्देशित फिल्म हो । धमाधम व्यापार फस्टाएको यो दुई घण्टा सात मिनेटको यो फिल्ममा केदार प्रसाद घिमिरे सहित धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगिता थापा लगायतको कलाकारको अभिनय हेर्न पाइन्छ ।