२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

तिलोत्तमा क्रिकेट लिग : विश्व लायन टटल्स र बुटवल डायनामाइट्स विजयी

शनिवार , आश्विन २५, २०८२

  • 265
    Shares
  • 265
    Shares
  • तिलोत्तमा, २५ असोज । तिलोत्तमा क्रिकेट लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलमा विश्व लायन टटल्स र बुटवल डायनामाइट्स विजयी भएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ स्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको पहिलो खेलको सुपर ओभरमा द रामापुर रिभाइभलियन्सलाई १ रनले हराउँदै विश्व लायन टटल्सले प्रतियोगितामा पहिलो जीत हात पारेको छ । 

    टस हारेर ब्याटिङ गरेको द रामापुर रिभाइभलियन्सले निर्धारित २० ओभरको खेलमा १४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ५० रन जोडेको थियो । उसका लागि सिद्धार्थ ढकालले २३ रन बनाउनु अलावा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । 

    द रामापुर रिभाइभलियन्सलाई सस्तैमा समेट्ने क्रममा विश्व लायन टटल्सका बलर नितिश ठाकुरले महत्वपुर्ण ५ विकेट लिनुभयो । त्यस्तै आशुतोष पाण्डे र शुभम खनालले क्रमश २–२ विकेट लिनुभयो । ५१ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गर्न मैदानमा उत्रिएको विश्व लायन टटल्सको सुरुवात पनि सोचेजस्तो हुन सकेन । 

    एकपछि अर्को गर्दै विकेट गुमाएको उसले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ५० रन मात्रै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । विश्व लायन टटल्सका लागि आशुतोष पाण्डेले ११ रन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् र खेल सुपर ओभरमा पुगेको थियो । 

    विश्व लायन टटल्सलाई दबाबमा राख्ने क्रममा द रामापुर रिभाइभलियन्सका बलरहरु लेख बहादुरले ३ तथा प्रिन्स पालले २ विकेट लिनुभयो । खेलमा ५ विकेट लिने नितिश ठाकुर म्यान अफ द म्याच र आशुतोष पाण्डेले गेम चेन्जरको उपाधि प्राप्त गर्नुभयो । 

    यसैबीच शुक्रबार नै भएको दोस्रो खेलमा खेलासिकी ओर्कासलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै बुटवल डाण्नामाइट्सले प्रतियोगितामा शानदार वापसी गरेको छ । टस हारेर ब्याटिङ गरेको खेलासिकीले निर्धारित २० ओवरको खेलमा १९ ओभर २ बल खेल्दै मात्र ४० रन बनाएर अलआउट हुन पुग्योे । उसका लागि कुनै पनि ब्याट्सम्यान दोहोरो अंकमा रन जोडन सकेनन् । 

    बलिङतर्फ बुटवल डाण्नामाइट्सका लागी सुप्रिम कंडेलले महत्वपूर्ण ४ तथा केशव रायमाझीले ३ विकेट लिनुभयो । ४१ रनको झिनो लक्ष्य पछ्याएको बुटवलले मात्र ३ ओभर ४ बलमा ४२ रन बनाउँदै लक्ष्य पूरा गर्यो। उसका लागि सागर गैरेले मात्र १२ बल खेलेर अविजित २८ तथा अर्पन तिमिल्सिनाले ८ रन बनाउनुभयो । खेलमा विजयी टिमका सुप्रिम कंडेल म्यान अफ द म्याच र केशव रायमाझीले गेम चेन्जरको उपाधि प्राप्त गर्नुभयो । 

    लिगमा शनिबार पनि दुई खेल हुनेछन् । शनिबारको पहिलो खेल बुटवल डायनामाइट्स तथा पी टु के डी स्क्वाड र दोस्रो खेल द रामापुर रिभाइभलियन्स र नेपथ्य इगल्सबीच हुनेछ । प्रतियोगिताका हरेक खेललाई नेपथ्य कलेजले तिलोत्तमा क्रिकेट कमिटीको पेजबाट प्रत्यक्ष प्रसारणमार्फत हेर्ने व्यवस्था गरिएको छ ।