२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

एमाले सचिवालय बैठक शुरु

शुक्रवार , आश्विन २४, २०८२

  • 121
    Shares
  • 121
    Shares
  • काठमाडौं, २४ असोज । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।

    बैठक आज मध्यान्हबाट गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा हुनेछ । बैठकमा केन्द्रिय समितिको एजेण्डा, पार्टी संगठन सुदृढीकरण, संसद पुनःस्थापना लगायतका विषयमा छलफल हुने बताइएको छ ।

    एमालेको केन्द्रिय कमिटीको बैठक असोज २६ देखि २९ गतेसम्म बोलाइएको छ । साथै राष्ट्रपति रामचन्द्र पौडेलले बोलाउनुभएको सर्वदलीय बैठकमा पार्टीको आधिकारिक धारणाबारे पनि सचिवालय बैठकले स्पष्ट पार्नेछ । नेकपा एमालेले संसद पुनःस्थापना हुनुपर्ने भन्दै माग राखेको छ ।

    नेपाली काँग्रेससँग समन्वय गरेर संसद पुनःस्थापनाको प्रक्रिया अघि बढाइने एमालेको भनाइ छ । काँग्रेसले पनि संसद विघटन असंवैधानिक रहेको बताउँदै आएको छ ।