२०८२, आश्विन २४ गते

Oct 10 2025 | २०८२, आश्विन २४ गते

खडेरीसँग लड्दै अफगान किसान

शुक्रवार , आश्विन २४, २०८२

  • 355
    Shares
  • 355
    Shares
  • काठमाडौं, २४ असोज । शान्तिको झिनो आशबाट अघि बढीरहेका अफगानिस्तानका किसान खडेरीसँग जुधिरहेका छन् ।

    काबुलबाट ३५ किलोमिटर पश्चिममा रहेको वारदक प्रान्तका किसान अहिले खडेरीसँग लडिरहेका हुन् । निर्दयी शत्रु खडेरीले उनीहरुको शान्तिलाई भंग गरिरहेको छ । यसले बगैंचा सुकाउँछ, बालीनालीलाई निसास्साउँछ र आत्मनिर्भरताको वाचालाई क्षय गरिरहेको छ ।

    वर्षौंको द्वन्द्व सहेका किसानका लागि कठिनाइलाई समृद्धिमा रूपान्तरण गर्ने आशा टाढा भएको छ । एक अनुभवी किसान जियाउद्दीन आफ्नो बगैंचाको कंकाल हाँगाहरूको बीचमा उभिएका छन् । विगतका ऋतुहरूको रातो फल अब केवल सम्झनामा सिमित रहेको उनको भनाइ छ । खडेरीले ठूलो क्षति पु¥याएको उनको गुनासो छ ।

    अर्को कामदार जियारमलले पनि उही कुरा स्मरण गर्दछन् । विश्वविद्यालयको डिग्री भएपनि उनी व्यापक बेरोजगारीको बीचमा ६ जनाको परिवारलाई सहयोग गर्न बगैंचामा दैनिक काम गर्छन्। 

    वर्षाको अभाव बाहेक संरचनात्मक समस्याहरूले किसानको पीडालाई अझ बढाउँदै लगेको छ ।  शीतभण्डार सुविधाहरूको अभावले उनीहरूलाई समयभन्दा पहिले उत्पादन बेच्न बाध्य पार्छ ।

    जसले गर्दा मूल्यहरू घट्छन् । कमजोर मार्केटिङ च्यानलहरू, कीराहरूको प्रकोप र कृषि तालिम कार्यक्रमहरूको अभावले उनीहरूको जोखिमलाई अझ गहिरो बनाएको छ ।