२०८२, आश्विन २३ गते

Oct 09 2025 | २०८२, आश्विन २३ गते

गृहमन्त्रीसँग ५ देशका राजदुतको भेट

बिहिवार , आश्विन २३, २०८२

  • 394
    Shares
  • 394
    Shares
  • काठमाडौं, २३ असोज । गृहमन्त्री ओमप्रकाश अर्यालसँग विभिन्न देशका राजदुतहरुले भेट गर्नुभएको छ ।

    बिहीवार मन्त्रालयमा युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्याण्ड र स्विजरल्याण्डका राजदुहरुले शिष्टाचार भेटवार्ता गर्नुभएको हो । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपालको हित र समृद्धिबारे छलफल भएको बताइएको छ ।

    नेपालको पछिल्लो अवस्था, समसामयिक विषय र नेपाललाई गर्ने सहयोगका बारेमा छलफल भएको बताइएको छ ।