२०८२, आश्विन २३ गते

Oct 09 2025 | २०८२, आश्विन २३ गते

यस सप्ताहन्तमा गाजा सम्झौताको लागि मध्यपूर्व जानसक्छु : ट्रम्प

बिहिवार , आश्विन २३, २०८२

  • 358
    Shares
  • 358
    Shares
  • काठमाडौं, २३ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार यस सप्ताहन्तमा आफू मध्यपूर्वको यात्रा गर्नसक्ने बताउनुभएको छ ।

    गाजा सम्झौता धेरै नजिक आइसकेको भन्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । मध्यपूर्वका लागि सम्भावित शान्ति सम्झौतामा आफूले कुरा गरेको र त्यसको अन्तिम रुपमा दिन आफू मध्यपूर्व जान खोजेको उहाँको भनाइ छ ।

    मध्य पूर्वका लागि शान्ति एउटा सुन्दर वाक्यांश भएको उहाँले बताउनु भयो । आगामी आईतवार आफू मध्यपूर्वको यात्रा गर्नसक्ने उहाँको भनाइ छ । 

    युद्ध विरामको लागि अन्तिम वार्ता भएको र लगभग दुवै पक्ष सहमति नजिक रहेको उहाँको भनाइ छ ।