२०८२, आश्विन १ गते

Sep 17 2025 | २०८२, आश्विन १ गते

तेरापंथ जैन समाजद्वारा रक्तदान, ५५ यूनिट रगत संकलन

बुधवार , आश्विन १, २०८२

  • 310
    Shares
  • 310
    Shares
  • भैरहवा, १ असोज । तेरापंथ जैन समाज भैरहवाले बुधबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोग र मारवाडी सेवा संघ, भैरहवा, मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चको संयोजन भैरहवास्थित मारवाडी सेवा संघमा कार्यक्रम गरिएको हो ।

    ‘हाम्रो रक्त–हाम्रो लागि’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा ५५ यूनिट रगत संकलन भएको प्रियंक जैनले जानकारी दिनुभयो ।

    तेरापंथले विगत पाँच वर्षदेखि ‘सेवा–संस्कार–संगठन’ को त्रिआयामी उद्देश्यका साथ मानवताका लागि विविध सेवामा काम गर्दै आएको छ । मानवीय सेवा अन्तर्गत रक्तदान गरिएको संस्थाका महासचिव शिव रतन डागाले बताउनुभयो ।

    समाजका अध्यक्ष अजय पारखले जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त सहीदहरुको सम्झनामा आज राष्ट्रिय बिदा समेत रहेकाले आफूहरुले आयोजना गरेको रक्तदान ती सबै शहीदहरुप्रति समर्पण गरिएको बताउनुभयो ।

    WhatsApp Image 2025-09-17 at 1.49.34 PM.jpeg

    रक्तदान कार्यक्रमले रगत अभावमा समस्या भोगिरहेका नेपालीहरुको ज्यान बचाउन सहयोग पुग्ने कार्यक्रम संयोजक रवि पारिखले बताउनुभयो । रक्तदानमा स्थानीय युवाहरु, उद्योगी–व्यवसायीहरुले रक्तदान गरेका थिए । आयोजकले बुधबार नेपालभरी महोत्सवको रूपमा रक्तदान गरिएको जनाएका छन् ।