२०८२, कार्तिक १५ गते

Nov 01 2025 | २०८२, कार्तिक १५ गते

सल्लाहकार उमेश खनालको संयोजकत्वमा सुरक्षा समिति

मंगलवार , भाद्र ३१, २०८२

  • 7.7K
    Shares
  • 7.7K
    Shares
  • भैरहवा, ३१ भदौ । नयाँ कलोनी टोल सुधार समिति, सिद्धार्थनगर नगरपालिका–९, रुपन्देहीको टोल भेला सम्पन्न भएको छ । भेलाले वर्तमान अवस्थामा शान्ति सुरक्षालाई मध्यनजर गर्दे चोरीका दैनिक घटनाहरूमा सबै सचेत हुँदै समितिका सल्लाहकार उमेश खनालको संयोजकत्वमा दैनिक टोल सुरक्षा दस्ताको लागि जिम्मेवारी प्रदान गरेको छ । 

    उक्त समितिले नेपाल प्रहरीको सहयोग लिँदै १५० घरधुरीबाट प्रत्येक राती १० जनाका दरले टोलका व्यक्तिलाई परिचालन गर्नेछ ! त्यसै गरी विद्युतीय पोलमा नयाँ लाइट व्यवस्थापनका लागि सल्लाहकार झबिन्द्र बेल्बासेलाई संयोजक चयन गरेको छ । प्रहरी समन्वयको लागि सल्लाहकार नारायण प्रसाद भण्डारीलाई जिम्मेवारी प्रदान गरेको छ । टोलभित्र देखापरेका ट्राफिक व्यवस्थापन, अनावश्यक झारपात र रुख विरुवा नियन्त्रणका लागि सरसफाई व्यावस्थापन उसमिति संयोजक सुमन पौडेललाई सक्रिय भएर लाग्न जिम्मेवारी तोकेको छ ।

    WhatsApp Image 2025-09-16 at 5.06.44 PM.jpeg

    नयाँ कलोनी टोल सुधार समिति, सिद्धार्थनगर नगरपालिका–९ का अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भेलामा सल्लाहकार लोकनाथ पन्थ, नारायण प्रसाद भण्डारी, उमेश खनाल, शोभाकान्त नेपाल, अर्जुन पौडेल, डिलाराम पाण्डे, झबिन्द्र बेल्बासे, विजय खरेल, युवराज खनाल, रामप्रसाद पोख्रेल, बृजेश अग्रवाल, श्याम अग्रवाल, गंगाधर भण्डारी, शोभा पौडेल, गिरीराज न्यौपाने, समिर कुमार कार्की, तिलकराम आचार्य, लोकेश्वर तिमिल्सिना लगायतले आवश्यक सुझावहरू दिनुभएको सचिव सुवास रिजालले जानकारी गराउनुभयो ।