
मंगलवार , भाद्र ३१, २०८२
काठमाडौं, ३१ भदौ । जेनजी सहिदहरूका नेपाल सरकारका मन्त्रीहरूले राष्ट्रिय झन्डा ओढाएका छन् ।
राष्ट्रिय सम्मानका साथ शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी भएका छन्। त्रिवि शिक्षण अस्पतालबाट महाराजगन्ज, चावहिल, गौशाला हुँदै आर्यघाटसम्म शवयात्रा निकालिएको थियो ।
आर्यघाटमा मृतकका शवलाई सुरक्षा निकायले सलामीसहित सम्मान पनि गरेको छ । सरकारले हिजै मृतकका परिवारलाई काजकिरियाका लागि एक लाख उपलब्ध गराउने निर्णय गरिसकेको छ ।
भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij