२०८२, माघ २३ गते

Feb 06 2026 | २०८२, माघ २३ गते

रुपन्देहीमा निषेधाज्ञा र कफ्र्यू हट्यो

शनिवार , भाद्र २८, २०८२

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, २८ भदौ । रुपन्देहीमा जारी भएको निषेधाज्ञा र कफ्र्यू हटाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार भदौ २८ गते शनबार साँझ ६ बजेबाट लागू हुने गरी हटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले जानकारी दिनुभयो । जिल्लाको समग्र शान्ति सुरक्षाको विश्लेषण गर्दा सामान्य रहेको र जनजीवन सामान्यीकरणतर्फ उन्मुख भएकोले निषेधाज्ञा र कफ्र्यू हटाइएको उहाँले बताउनुभयो ।

    निषेधाज्ञा र कफ्र्यू आदेशको पालना गरी शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्नुहुने सबैप्रति धन्यवाद ज्ञापन गर्दै पारस्परिक सद्भाव कायम गर्न, सार्वजनिक सेवा प्रवाह गर्न, शिक्षण संस्था सञ्चालन गर्न, आवागमन सुचारु गर्न, पूर्ववत क्रियाकलापहरु नियमित गर्न र बजार व्यवस्थालाई चलायमान बनाउन सरोकारवाला सबै पक्षसँग आवश्यक समन्वय र सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुरोध गरेको छ ।