
बिहिवार , भाद्र २६, २०८२
काठमाडाैं, २६ भदाै । देशमा उत्पन्न भएको असहज परिस्थितिको सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलले एक विशेष सन्देश जारी गर्दै सबै पक्षलाई शान्ति, सुव्यवस्था र लोकतन्त्रको संरक्षणमा सहयोग गर्न अपील गरेका छन्।
राष्ट्रपतिले मुलुकलाई संवैधानिक दायरामा रहेर समाधानको बाटो खोज्नुपर्ने आवश्यकतामा जोड दिँदै आन्दोलनरत नागरिकका मागहरूलाई सम्बोधन गरी समस्या समाधानतर्फ चाँडो कदम चाल्न सरकार र सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन्।
देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु”, राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गरेका छन्।
शान्तिपूर्ण संवाद र समन्वयमार्फत समस्याको समाधान खोज्नुपर्ने बताउँदै राष्ट्रपतिले सबै पक्षलाई संयमता अपनाउन र शान्ति कायम गर्न सहयोग गर्न अनुरोध गरेका छन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij