
बुधवार , भाद्र २५, २०८२
काठमाडौं, २५ भदौ । काठमाडौं डिल्लीबजार चारखालस्थित कारागार तनावग्रस्त भएको छ ।
कैदीहरुले ढुंगामुढा र आगजनी गरेर भाग्ने प्रयास गरेपछि कारागार तनावग्रस्त भएको हो । कारागारभित्रबाट कैदीहरु बाहिर निस्किएपछि नेपाली सेनाले हस्तक्षेप गरेर गेटमै रोकेको छ ।
अन्य कारागारबाट कैदीबन्दी छुटेका कारण आफूहरू पनि छुट्न पाउनुपर्ने माग उनीहरूको छ । काराकारलाई सेनाले नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij