२०८३, जेठ ९ गते

May 23 2026 | २०८३, जेठ ९ गते

‘नागरिकले आफ्नो आवाज शान्तिपूर्ण रुपमा राख्न पाउनु संवैधानिक अधिकार’

मंगलवार , भाद्र २४, २०८२

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २४ भदौ । लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीले भदौ २३ गते जेनजी समूहद्वारा राज्य सञ्चालनप्रतिको विकृति तथा व्याप्त भ्रष्टाचारको विरुद्धमा सञ्चालन गरिएको शान्तिपूर्ण आन्दोलनको क्रममा घटेको दुःखद घटनाले उद्योगी–व्यवसायीहरु स्तब्ध एवं मर्माहत भएको जनाएको छ । 

    मंगलबार संघका अध्यक्ष अजय कुमार गुप्ताले प्रेस विज्ञप्ती जारी गर्दै यस घटनामा ज्यान गुमाउनुभएका दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । साथै उहाँले घाइते सम्पूर्णको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

    ‘सामाजिक न्याय, शान्ति, सुरक्षाको अनुभुति दिलाउनुपर्ने दायित्व बोकेको सरकारबाट यस्ता निन्दनीय र अमानवीय घटना हुनु अत्यन्तै दुःखद विषय हो, ’विज्ञप्तीमा भनिएको छ–‘यस निन्दनीय कार्यको घोर भत्र्सना गर्दै क्रुर अपराधमा संलग्न सबैलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्ने दृढ अपेक्षा गर्दछौं ।’

    WhatsApp Image 2025-09-09 at 6.14.09 PM.jpeg