२०८२, भाद्र २४ गते

Sep 09 2025 | २०८२, भाद्र २४ गते

लायन्स सिद्धार्थनगर होलिसिटीले मनायो १५ औं स्थापना दिवस

सोमवार , भाद्र २३, २०८२

  • 508
    Shares
  • 508
    Shares
  • भैरहवा, २३ भदौ । लायन्स क्लब अफ सिद्धार्थनगर होलिसिटीले आफ्नो १५ औं स्थापना दिवस मनाएको छ । क्लबले आइतबार भैरहवामा एक समारोहकाबीच स्थापना दिवस मनाएको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालका डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले पवित्र शहरमा लायन्स सिद्धार्थनगर होलिसिटीले पवित्र काम गर्दै आएको बताउनुभयो । उहाँले यो क्लबले नाम अनुसारको काम गर्दै आएको बताउनुभयो । डिष्ट्रिक गभर्नर भट्टराईले रचनात्मक कामहरुले यो क्लबले उचाई बढेको बताउनुभयो ।

    त्यस्तै सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर मीना पन्थीले लायन्स सिद्धार्थनगर होलिसिटीले किरियापुत्री भवन प्रोजेक्ट नमूना कार्यको रुपमा अघि बढाएको बताउनुभयो । यो प्रोजेक्ट अगाडि बढाउन आफूले सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो । उहाँले सेवा नै धर्म भएको बताउनुभयो ।

    पाष्ट डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले किरियापुत्री भवन छिटो निर्माणसम्पन्न गर्नुपर्ने बताउनुभयो ।

    लायन्स क्लब अफ सिद्धार्थनगर होलिसिटीका संस्थापक अध्यक्ष ओम कुमार श्रेष्ठले क्लबले विभिन्न रचनात्मक कार्य गर्दै आएको बताउनुभयो । उहाँले ३२ जना सदस्यहरुबाट क्लबको स्थापना भएको जानकारी दिनुभयो ।

    लायन्स क्लब अफ सिद्धार्थनगर होलिसिटीका अध्यक्ष ऋषिराम पाण्डेयको अध्यक्षता, कार्यक्रम संयोजक एवं क्लबका तृतीय उपाध्यक्ष रवि थपलियाको स्वागत, निवर्तमान अध्यक्ष सन्तोष रायमाझीको धन्यवाद ज्ञापन, कोषाध्यक्ष बालकृष्ण त्रिपाठीको ध्वजा अभिवादन तथा सचिव विक्रम पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यस्तै लायन्स डिष्ट्रिक कोषाध्यक्षमा निर्वाचित क्लबका पूर्वअध्यक्ष संगम न्यौपानेलाई पनि सम्मान गर्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो ।

    कार्यक्रममा अनुज प्रधानले १ लाख १० हजार, दर्शन घिमिरेले ५५ हजार र मीना पन्थीले ५० हजार रुपैयाँ किरियापुत्री भवन निर्माण सहयोगवापत हस्तान्तरण गर्नुभएको थियो ।

    IMG_7474.JPG

    सिद्धार्थनगर नगरपालिका–१२ स्थित भृकुटीपथ (स्वर्गद्वारी घाट जाने बाटोको पश्चिम) ‘लायन्स होलि सिटी दीपक–लता किरियापुत्री भवन’ निर्माण भइरहेको छ । भवन निर्माणका लागि जग्गादाता तथा समाजसेवी दीपक प्रधान र लता प्रधानले १८ धुर जग्गा जग्गा दान गर्नुभएको थियो ।