२०८२, भाद्र २१ गते

Sep 06 2025 | २०८२, भाद्र २१ गते

रेडक्रस रुपन्देहीको आयोजनामा जिल्लास्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

शनिवार , भाद्र २१, २०८२

  • 112
    Shares
  • 112
    Shares
  • भैरहवा, २१ भदौ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको आयोजनामा जिल्लास्तरीय जुनियर/युवा अन्तर विद्यालय वक्तृत्वला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको ६३ औं स्थापना दिवसको अवसरमा बिहीबार भैरहवामा कार्यक्रम गरिएको रेडक्रस रुपन्देहीका सभापति रामचन्द्र उपाध्यायले बताउनुभयो ।

    प्रतियोगितामा जुनियरतर्फ लुम्बिनी बोर्डिङ स्कूल बुटवलका जिविका बस्याल प्रथम, कलोनी कान्तिपुर ईङ्लिस स्कूल सैनामैनाका रमित ज्ञवाली द्वितीय, श्री बुद्धदीप अंग्रेजी बोर्डिङ माविका प्रसिद्धि देवकोटा तृतीय, श्री सिद्धार्थ मेमोरियल एकेडेमी सैनामैनाका अनुज घिमिरे र गोल्डेन फ्युचर इङलिस स्कूलका गौरव कंडेल सान्त्वना हुनुभएको थियो ।

    त्यस्तै युवातर्फ एभरेष्ट आवासीय मावि बुटवलका नेहारिका ज्ञवाली प्रथम, न्यू होराइजन मावि बुटवलका तेजस्वी नेपाल द्वितीय, दिव्य ज्योति इङलिस स्कूलका अंशिका चौधरी तृतीय, दुर्गा शैक्षिक गृहका प्रिन्सु पौडेल र गणेश ज्ञानज्योति पब्लिक हाई स्कूलका आस्मा रिजाल सान्त्वना हुनुभएको थियो । 

    प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. ५ हजार, द्वितीयलाई ४ हजार, तृतीयलाई ३ हजार र सान्त्वना हुनेलाई रु. २ हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा रेडक्रसका २० वटा उपशाखाबाट छनौट भएका जुनियरतर्फ १२ र युवा रेडक्रस सर्कलतर्फ १५ जना विद्यार्थीहरुको सहभागीता थियो ।प्रतियोगिताको निर्णायक संयोजकमा वनमाली निराकार, निर्णायकमा उद्वव देवकोटा, शैलेन्द्र तुलाधर र माया न्यौपाने रहनुभएको थियो।

    प्रतियोगिताको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव वन्जाडेले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा रेडक्रसप्रतिको सकारात्मक भावना, प्रतिवद्धता र सामाजिक भावनामा वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आजका विद्यार्थी भोलि समाज हाक्ने नेतृत्वकर्ता भएको बताउनुभयो । उहाँले नकारात्मक चिन्तनले समाजको विकास हुन नसक्ने भएकाले सकारात्मक सोच आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    IMG_3030.JPG

    त्यस्तै नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनी (कृष्ण) ले विगतका वर्षझै यस वर्ष पनि रेडक्रस रुपन्देही जिल्ला शाखाले कार्यक्रमको निरन्तरता दिएको बताउनुभयो । 

    रेडक्रस रुपन्देहीका सभापति रामचन्द्र उपाध्यायको सभापतित्व, उपमन्त्री दिनेश पन्थीको स्वागत, उपसभापति रुपमा कुमारी हिराचनको सिद्वान्त पाठ तथा मन्त्री टेक बहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।