२०८२, भाद्र २० गते

Sep 05 2025 | २०८२, भाद्र २० गते

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

बुधवार , भाद्र १८, २०८२

  • 976
    Shares
  • 976
    Shares
  • काठमाडौं, १८ भदौ । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाले बुधबार प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ । 

    बुधबार संसद बैठक सुरु हुनेबितिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्न समय दिनुभएको थियो । 

    सांसद ढकालले भिजिट भिसा प्रकरणको विषय आफूहरुले ९५ दिनदेखि आवाज उठाउदा पनि सदनले नसुनेको र उल्टै आफुहरुमाथि झुटा आरोप लगाउने गरेको बताउनुभयो । उहाले अहिले अख्तियारलाई समेत दलीयकरण गरेको भन्दै ८४ पछि यस्तो अवस्था नरहने जिकिर गर्नुभयो । 

    त्यसपछि सभामुख घिमिरेले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई समय दिनुभयो । सांसद शाहीले भिजिट भिसा प्रकरणका आफुहरुले निरन्तर आवाज उठाउदा पनि कुनै सुनुवाई नभएको भन्दै आपत्ति जनाउनुभयो । उहाले जुम्लाको स्याउलाई सहज रुपमा बजारीकरणको व्यवस्था गर्न माग गर्नुभयो ।

    सांसद शाहीले धारणा राखेपछि दुबै दलका सांसदहरुले सदन बहिष्कार गरेका थिए । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदहरुले जेठ १३ गतदेखि सदनमा निरन्तर विरोध जनाउदै आएका छन् ।