२०८२, भाद्र १८ गते

Sep 03 2025 | २०८२, भाद्र १८ गते

हुलाकको पछिल्लो व्यावसायिक सम्भावना कुरियरमा छ : मन्त्री गुरुङ

मंगलवार , भाद्र १७, २०८२

  • 373
    Shares
  • 373
    Shares
  • काठमाडौं, १७ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई परिस्कृत र प्रभावकारी बनाउदै लैजाने बताउनुभएको छ । 

    मंगलबार काठमाडौंमा हुलाक सेवा विभागको वार्षिक प्रगति समीक्षा कार्यक्रममा मन्त्री गुरुङले हुलाक अति आवश्यक सेवा निकाय भएकाले परिस्कृत र प्रभावकारी बनाउदै लैजाने बताउनुभएको हो । उहाले हुलाकको पछिल्लो व्यावसायिक सम्भावना कुरियरमा रहेकाले यसलाई विदेशमा भएका नेपालीको पहुँच सम्म विस्तार गरिने उल्लेख गर्नुभयो ।  

    मन्त्री गुरुङले सबै पालिकालाई डिजीटलाईजेन गर्न र स्मार्ट हुलाक कार्यालय सञ्चालन सुरु गर्न निर्देशन समेत दिनुभयो । स्मार्ट हुलाक कार्यालय सञ्चालनको लागि जति सक्दो छिटो मापदण्ड बनाउन उहाले सुझाव दिनुभयो ।

    उहाले पालिकामा एक हुलाक एक मोटर साइकलको व्यवस्था गर्ने, हुलाक कार्यालय भवन निर्माण गर्ने लगायतका कार्यमा मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले स्मार्ट हुलाक नीति बनाउने तयारीमा रहेको बताउनुभयो । जनशक्ति अभावका कारण बिभागले प्रभावकारी ढंगले काम गर्न नसकेको उहाको भनाइ छ ।