२०८२, भाद्र १८ गते

Sep 03 2025 | २०८२, भाद्र १८ गते

रुपन्देही–३ को उपनिर्वाचनमा जनमत पार्टीले धनीराम चौधरीलाई उम्मेदवार बनाउने

मंगलवार , भाद्र १७, २०८२

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, १७ भदौ । रुपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनमा जनमत पार्टीले धनीराम चौधरीलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने भएको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो । 

    रुपन्देही सियारी गाउँपालिका–२ निवासी चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग गरी गत भदौ ८ गते जनमत पार्टीमा प्रवेश गर्नुभएको थियो । 

    चौधरी २०७९ सालमा नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको थियो । प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधन भएपछि रुपन्देही–३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।