
मंगलवार , भाद्र १७, २०८२
काठमाडौं, १७ भदौ । विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै संयुक्त विद्यार्थी संगठनले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएको छ ।
संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउदै संयुक्त विद्यार्थी संगठनले मंगलबार कार्यवाहक प्रधानमन्त्री सिंहलाई ज्ञापन पत्र बुझाएको हो । प्रस्तावित विद्यालय शिक्षा विधेयक नेपालको संविधान २०७२ र आम नागरिकको नैसर्गिक अधिकार विरूद्ध रहेको उनीहरुको आरोप छ ।
त्यस्तै विद्यार्थी संगठनहरुले नेपालको शिक्षालाई चरम निजीकरणतर्फ धकेल्दै सार्वजनिक शिक्षालाई तहसनहस पार्ने स्थिति सिर्जना भएको भन्दै निशुल्क र समान शिक्षा को माग सहित ज्ञापन पत्र बुझाएको हो । संयुक्त विद्यार्थी संगठनको ज्ञापन पत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले विद्यार्थीहरुको हितका लागि कानून बनाउने सरकारको उदेश्य रहेकाले विद्यार्थीको मागका बारेमा छलफल गर्ने आश्वासन दिनुभयो ।
त्यस्तै नेविसंघका प्रवक्ता सुरज सेजवालले विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग सहित सवै विद्यार्थी संगठन एकै ठाँउमा आएको बताउनुभयो । उहाले विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउदै देशव्यापी आन्दोलनको घोषणा गरेको जानकारी दिनुभयो ।
संयुक्त विद्यार्थी संगठनले बालविकासलाई विद्यालय शिक्षा भित्र समावेश गरि त्यहा अध्यापन गराउने शिक्षकहरुलाई शिक्षककै रुपमा कायम गर्न समेत माग गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij