२०८२, आश्विन २८ गते

Oct 14 2025 | २०८२, आश्विन २८ गते

जेसीआई सिद्धार्थले स्वर्णजयन्ती महोत्सव मनाउँदै

शुक्रवार , भाद्र १३, २०८२

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • भैरहवा, १३ भदौ । जेसीआई सिद्धार्थ, नेपाल भैरहवाले स्वर्णजयन्ती महोत्सव मनाउने भएको छ । जेसीजले विभिन्न कार्यक्रम गरेर स्वर्णजयन्ती महोत्सव मनाउन लागेको संस्थाका अध्यक्ष अर्जुन कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ १४ गते स्वर्णजयन्तीको शुभारम्भ भएर २८ गते समापन गरिनेछ ।

    उद्घाटन कार्यक्रमको अवसर पारेर ह्वील चियर र साईकल हस्तान्तरण गर्न लागिएको स्वर्णजयन्ती महोत्सव मूल समारोहका संयोजक तथा पूर्वअध्यक्ष कमल जिसीले जानकारी दिनुभयो । 

    Jci 1.jpg

    उहाँले भदौ १६ गते जेसीजका छिमेकी शाखाहरुसँग ब्याडमिन्टन प्रतियोगिता, १९ गते मेन्टल हेल्थ एण्ड वेल विईङ्ग सचेतना कार्यक्रम, २१ गते फुटसल प्रतियोगिता, २३ गते अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, २५ गते मिनी म्याराथन प्रतियोगिता र २८ गते समापन कार्यक्रम गरिने बताउनुभयो । 

    स्वर्णजयन्ती महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वअध्यक्ष डा. शम्भु कुमार गुप्ता, ओम कुमार श्रेष्ठ लगायतले बोल्दै नेतृत्व विकास र व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा समेत क्रियाशील जेसीजले ५० वर्षको अवसरमा दुईपटक राष्ट्रिय महाधिवेशन, नेपालका शाखाहरुमध्ये सबैभन्दा पहिले एरिया सम्मेलन लगायतका कार्यक्रम गर्न सफल भएको बताउनुभयो ।