२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

एनआईसी एसिया बैंकका ग्राहकलाई मौर्य होटलमा छुट

बिहिवार , भाद्र १२, २०८२

  • 976
    Shares
  • 976
    Shares
  • भैरहवा, १२ भदौ । एनआईसी एसिया बैंक लिमिटेडका ग्राहकलाई रुपन्देहीको भैरहवास्थित मौर्य होटल प्रा.लि.ले आफ्नो सेवासुविधामा छुट प्रदान गर्ने भएको छ । बैंक र होटलबीच बिहीबार भएको सम्झौताअनुसार बैंकको डेबिट, क्रेडिट, प्रिपेड कार्डहोल्डर र मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई होटलले सम्पूर्ण सुविधामा १० प्रतिशत छुट प्रदान गर्नेछ ।

    त्यसै गरी बैंकका कर्मचारीले पनि होटलको सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यो सम्झौताको अवधि एक वर्षसम्मको लागि लागू हुने बैंकले जनाएको छ ।

    सम्झौता–पत्र हस्तान्तरण कार्यक्रममा मौर्य होटलका प्रबन्ध निर्देशक सन्दिप मौर्य, एमएफबी म्यानेजर कमल थापा, बैंकका भैरहवा शाखा प्रमुख शेषमणि पटेल, कर्जा अधिकृत महेश अर्याललगायतको उपस्थिति थियो ।

    चारतारे मौर्य होटल बेलहिया–बुटवल सडकखण्ड अन्तर्गत सिद्धार्थनगर नगरपालिका–१३ स्थित देवकोटा चोकमा अवस्थित छ ।

    Hotel Maurya.jpeg