
बुधवार , भाद्र ११, २०८२
ओमन, ११ भदौ । वैदेशिक रोजगारीका सिलसिलामा ओमानमा रहेका नेपालीले महान पर्व हरितालिका तीज पर्व मनाएका छन् । ओमानको राजधानी मस्कटस्थित अल्कुरुम जंल रेष्टुरेण्टको पार्टी हलमा नेपाली महिला समूह ओमानद्वारा तीज मिलन कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा उपस्थिति नेपाली दिदीबहिनीहरु तीज गीतमा नाचगान गर्नुभएको शालिकराम आचार्यले बताउनुभयो । ‘दिदीबहिनीहरुले एकआपसमा खुसियाली साटासाट गर्नुभएको थियो, ’आचार्यले भन्नुभयो ।
ओमनमा रहेका कलाकारहरूको सहभागीता रहेको उक्त कार्यक्रममा एक दर्जन भन्दा कलाकारले गायन तथा नृत्य प्रस्तुतीमार्फत मनोरञ्जन प्रदान गरेका थिए ।
समूहकी अध्यक्ष मादी गुरुङको अध्यक्षता तथा नेपाली राजदूतावास ओमानका राजदुत डोरनाथ अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा यहाँस्थित संघ–संस्थाका प्रतिनिधिहरूको पनि आतिथ्यता रहेको थियो।
गोमा थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा कलाकारहरूलाई तथा कार्यक्रमको सौजन्य गर्ने प्रायोजकहरुलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij